हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मेस्सीसहित बार्सिलोनाका सबै खेलाडीले शुरु गरे अभ्यास

काठमाडौं , विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्वभरका खेल गतिविधी बन्द रहेका छन् । कोरोनाको रोकथामको लागि गरिएको लकडाउनले विश्वका धेरै देशका खेलाडीहरु धरमै बस्न बसिरहेका छन् । उनीहरुले खेलको अभ्यास पनि गर्न पाएका छैनन् ।

Advertisement

यस्तो अवस्थामा बार्सिलोनाका खेलाडीहरुले अभ्यास शुरु गरेका छन् । कप्तान लियोनल मेस्सीसहित बार्सिलोनाका सबै खेलाडी शुक्रबारदेखि अभ्यासमा लागेका हुन् । खेलाडीहरुमा कोरोनाको संक्रमण रहेको नरहेको थाहा पाउन पनि व्यक्तिगत प्रशिक्षणमा लागेको ला लिगाले जनाएको छ ।

Advertisement

ला लिगा शुरु गर्न लागिएकाले खेलाडीहरु अभ्यासमा लागेको बताइएको छ । जर्मन बुण्डेस लिगा फुटबलले अब आउने मे १६ देखि खेल सुरु गर्ने तयारी गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)