विदेश भ्रमण सकेर बिहिबार आज प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । आज बिहान सञ्चारकर्मीसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुराकानी गर्दै प्रधानमन्त्री देउवाले बेलायतको भ्रमणको विषयमा जानकारी दिएका छन् ।

जानकारीको क्रममा देउवाले आफुले लगाएको ढाका टोपीले अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनिहालेको बताएका छन् । विश्व जलवायु सम्मेलन ९कोप-२६० मा भाग लिन स्कटल्यान्डको ग्लास्गो गएका प्रधानमन्त्री देउवा त्यहाँ रहँदा विभिन्न देशका नेतहरुसँग भेट गरेका थिए ।अमेरिकी राष्ट्रपति बाइडेनसँग भएकोअ विशेष भेटमा बाइडेनले आफुलाई नेपाल खुब मन पर्ने समेत बताएका देउवाको भनाइ रहेको छ ।

प्रधानमन्त्री देउवाले भने,‘बाइडेनसँग विशेष रूपमा भेट भयो। म टोपी लगाएर गएको थिएँ देखेपछि चिनिहाले,’ ‘पहिला नेपाल आएका पनि रहेछन्। नेपाल खुब मनपर्छ भने।