भद्रपुर-५ स्थित बस पार्कमा सम्पन्न भेलाबाट घोषको संयोजकत्बमा २१सदस्यीय युबा नागरिक संघ बडा समिति गठन भएको छ । उक्त भेलालाई सम्बोधन गर्दै नेपाली नागरिक पार्टीका राष्ट्रीय अध्यक्ष रामचन्द्र बानियां क्षेत्रीले देशमा बिदेशी हस्तक्षेप तिब्र रुपमा बढेको र राजनीतिक क्षेत्रमा मात्र नभएर सांस्कृतिक-धार्मिक क्षेत्रम समेत हस्तक्षेप बढेकै कारण नेपाली समाजको अस्तित्ब नष्ट हुने खतरा बढेकोमा चिन्ता ब्यक्त गरेका छन ।

अध्यक्ष बानियाले ‘हिन्दुराष्ट्र नेपाल’को स्थापना अपरिहार्य भएको र त्यसका लागि जनमत संग्रह व्दारा हिन्दुराष्ट्र नेपालको पुष्टी गर्नु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा पार्टी केंद्रीय सदस्य देवेन्द्र किशोर ढुंगाना,प्रकाश नारायण चौधरी, राजकुमार गिरी लगायतका बक्ताहरुले देशमा बढदै गएको राजनीतिक अस्थीरताको अन्त्य गर्न नागरिकको अभिमतको सम्मान गर्न मांग गरेका छन ।
