हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

यो हो पापी र धर्मात्मा छुट्याउने नेपालकै प्रसिद्ध उकालो, जहा टाउको दुखे पाप गरेको र सजिलै उकालो चढे धर्मात्मा रहेछ भन्ने विश्वास गरिन्छ

म्याग्दी – यही धर्तीमा पापी र धर्मात्मा छुट्याउने उकालो छ भन्दा कतिपयलाई पत्यार नलाग्ला तर पत्याउनै कठिन यो उकालो अन्नपूर्ण हिमालको फेदी खयरलेकमा पर्दछ। मयाग्दीको प्रसिद्ध धार्मिक स्थल खयरभारानी पुग्ने करिब चार सयदेखि पाँच सय पाइलासम्मको यात्रा गर्दा पापी वा धर्मात्मा के हो भनेर पहिल्याउने धार्मिक प्रचलन रहेको छ। स्थानीयवासी यो उकालोलाई धार्मिक विश्वास गर्छन्।

Advertisement

अन्नपूर्ण गाउँपालिका–६, खयरलेकस्थित खयरभारानी थान जाने पद मार्ग मध्यधोती खोलादेखि सिद्धको थानसम्मको उकालोलाई पापी र धर्मात्मा छुट्याउने उकालो भनेर परिचित रहेको स्थानीयवासीको भनाइ छ। यहाँ ठाडो गरी हेर्दा टोपी नै खस्नेजस्तो उकालो छ। यात्रा गर्दा अन्नपूर्ण हिमालको चाँदीजस्तो सेतो टुप्पो देखिन्छ। वरिपरिको मनोरम दृश्यले यात्रालाई प्रफुल्ल बनाउँछ। शान्त र सफा मनले यात्रा गरेमा धर्मात्मा हुने जनविश्वास छ।

Advertisement

खयरभारानीको दर्शन गर्न पुगेका भक्तजन धोती खोलामा पुगेपछि नुहाएर शरीरमा लगाएका कपडा फेरेर नयाँ लगाउने गर्छन्। धोती खोलामा अनिवार्य चोखोनिष्ठ हुनुपर्ने धार्मिक विश्वास छ। करिब २० मिनेटको पापी धर्मात्मा उकालो चढ्नुपर्ने हुँदा मनलाई शान्त, खुसी र सबैसँग सद्भावको व्यवहार गरेर उकालो चढ्न सहज हुने विश्वास छ।

उकालो चढ्दा भक्तजनमध्ये जसलाई टाउको दुख्ने, स्याँस्याँ हुने ठूलोठूलो सास फर्नुपर्ने भयो भने त्यो मान्छे पापी हो भनेर पहिचान हुन्छ, जसले सजिलै उकालो चढ्ने, कुनै समस्या आउँदैन भने त्यो मान्छे धर्मात्मा रहेछ भन्ने गहिरो धार्मिक विश्वास यहाँका स्थानीयवासीमा छ। “त्यस बेलाका पुर्खा र बूढापाकाले यस बाटोलाई पापीधर्मी उकालो भन्ने गरेका रहेछन्। उकालो चढ्दा सहजै चढ्न सक्ने धर्मी, हिँड्न गाह्रो हुन्छ, त्यो व्यक्ति पापी हो भनेर बूढापाकाले भन्ने गर्दथे,” खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संरक्षक राजु पुनले भन्नुभयो। गोर्खापत्र दैनिकमा खबर छ ।

“करिब २० मिनेटको ठाडै उकालो बाटो छ। बूढापाकाले भनेजस्तै अहिले पनि कोहीकोहीलाई उकालो चढ्न कठिन हुन्छ भने कोही सहजै चढ्ने गर्दछन्। हामीले यस उकालोलाई पापी धर्मी छुट्याउने उकालो भनेर नामकरण पनि गरेका छौँ,” उहाँले थप्नुभयो।

धोती खोलाको शिरमा सिद्धको थान छ। तल खोलामा नुहाएर बसेका भक्तजनलाई पापी–धर्मी उकालो चढ्नका लागि सिद्धको थानमा भएको ठूलो घन्टी पुजारीले बजाएपछि तल स्वयंसेवकले भक्तजनलाई छाडिदिने प्रचलन रहेको पुनले बताउनुभयो। खयरभारानीमा जनैपूर्णिमाका दिन सयौँको सङ्ख्यामा भक्तजन पुग्ने गर्छन्। खयरभारानीको दर्शन र पूजा गरेमा मनोकामना पूरा हुने जनविश्वास रहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)