हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १० महिना अगाडि

राजवंशी संस्कृतिमा आधारित “भुल्कीबाली चेङ्ग्री गे तुई” म्यूजिक भिडियो सार्वजनिक हुँदै

संजय कुमार राजवंशी, विराटनगर। आउँदो सोमवार बेलुकी ४ः४५ बजे राजवंशी समाजको मौलिक संस्कृति र परम्परामा आधारित “भुल्कीबाली चेङ्ग्री गे तुई” नामक म्यूजिक भिडियो सार्वजनिक हुने भएको छ। राजवंशी भाषामा प्रस्तुत गरिएको यस भिडियो राजवंशी कलाकार तथा प्रोड्यूसर दिनेश कुमार राजवंशीको प्रस्तुति हो।

Advertisement

प्रेस सम्मेलनमार्फत उनले यसअघि बनाएका अन्य भिडियोभन्दा यो भिडियो अझ उत्कृष्ट र भाइरल हुने दाबी गरेका छन्। दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले राजवंशी भाषागत गीतमा विगत लामो समयदेखि काम गर्दै आएको र हालसम्म सातवटा म्यूजिक भिडियो निर्माण गरिसकेको जानकारी पनि दिए।

Advertisement

यस म्यूजिक भिडियोका निर्देशक कार्तिक राजवंशी, रचनाकार स्वर्गीय रामभक्त राजवंशी र गोपाल राजवंशी, संगीत संयोजन तथा कम्पोज राष्ट्रिय गायक बलबहादुर राजवंशी रहेका छन्। भिडियोमा राजवंशी संस्कार, संस्कृति र परम्परागत रीतिरिवाजलाई मौलिक शैलीमा प्रस्तुत गरिएको छ।

भिडियोमा राजवंशी समुदायका ढोल, बेलगाडी, खर–खरी, टाक्री, पान्जी, ढेरा, छाम गाहिन, जालछिटि, धोती–पगरी, बेहुलाको तरवार, इनार, बेहुलीको कोइनाको पोशाकजस्ता सांस्कृतिक सामग्रीलाई विशेषरुपमा समावेश गरिएको छ।

भिडियो मोरङको बेलवारी नगरपालिकाको डाङ्गीहाट, बाहुनीलगायतका विभिन्न स्थानमा छायांकन गरिएको हो। ठाकुर ब्रह्माणीको मन्दिर, घुरणलाल राजवंशीको घर, श्री धिरनाथ सम्फुल उच्च माविको प्राङ्गण, बंडोल गाउँ, गढी गाउँ र पुरानो गाउँबीचको बाटोमा पनि सुटिङ गरिएको छ।

मुख्य भूमिकामा दिनेश कुमार राजवंशी र सुस्मीता पाण्डेले अभिनय गरेका छन् भने सहायक कलाकारका रूपमा सुभक राजवंशी, चाकात राजवंशी, ममता राजवंशी, रुपा राजवंशी तथा अन्य स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।

गीतलाई चर्चित गायक राम राजवंशी र गायिका रिता राजवंशीले संयुक्त रूपमा गाएका छन्। उनीहरूको सु–मधुर स्वर तथा कलाकारहरूको सामूहिक प्रयासले राजवंशी संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य पूरा हुने आशा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)