झापा । झापा जिल्ला मेचीनगर नगरपालिका–४, मनकामना टोल निवासी सुबर्ण कुमार खड्काको भान्सा घरमा २४ गते अन्दाजी बिहान ३:०० बजे, एक जंगली हात्ती प्रवेश गरी भान्सा घर पूर्ण रूपमा भत्काएको छ। उक्त भान्सा घरमा रहेको खाद्यान्न र अन्य सामग्री नष्ट भई करिब ५०,००० रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

यस घटनाको जानकारी बिहान ६:४५ बजे प्रचौ बाहुनडाँगी प्रहरी कार्यालयमा प्राप्त भएको थियो। सूचना पाउने वित्तिकै प्रहरी टोली खटिई घटनास्थलमा पुगेर अनुसन्धान गर्दा कुनै मानवीय वा चौपाया क्षति नभएको पुष्टि भएको छ। स्थानीयवासीहरूका अनुसार हात्ती घटना पश्चात पुनः जंगलतर्फ फर्किएको थियो।
