राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

राष्ट्रपतिले नियुक्त गरिन् ३ प्रदेशमा नयाँ प्रदेश प्रमुख

राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले मङ्‍गलबार (आज) मन्त्रिपरिषद्को सिफारिसबमोजिम तीन प्रदेशका प्रदेश प्रमुखलाई निलम्बन गरी नयाँ नियुक्त गरेकी हुन्।

Advertisement

राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिअनुसार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेकी छन्।

Advertisement

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३ प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको थियो। सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच भागबण्डा मिलाएर ३ प्रदेशका प्रमुख फेरिएको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article