हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

राष्ट्रसंघीय सुरक्षा परिषदमा नेपालद्वारा भारतलाई समर्थन

देवेन्द्र आलोक- काठमाण्डौ/ राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यताका लागि एक सातापछि हुन लागेको निर्वाचनमा एसिया प्रशान्त क्षेत्रबाट एक्लो उम्मेदवार रहेको भारतकापक्षमा मत हाल्ने प्रतिबद्धता नेपालले दोहो¥याएको छ ।
एसिया प्रशान्त क्षेत्रका नेपाल, पाकिस्तान, अफगानिस्तान, बंगालादेश, भुटान, चीनसहितका ५४ मुलुकले भारतको उम्मेदवारीलाई एकमतले समर्थन दिने क्षेत्रीय धारणा एक वर्षअघि (२०१९ जुन) नै आएको भए पनि निर्वाचनको मुखमा फेरि नेपाल सहितका मुलुकले यो साता प्रतिबद्धता दोहो¥याएका हुन् । भारतले यो तहको सदस्यताका लागि सन् २०१३ नोभेम्बरमा उम्मेदवारी दिएको थियो ।
राष्ट्रसंघीय सुरक्षा परिषदमा आगामी दुई वर्ष (२०२१–२२) का लागि अस्थायी सदस्य रहने यो तहमा एकैसाथ एसिया
प्यासिफिकसहित अफ्रिका, पूर्वी युरोप, ल्याटिन अमेरिकी तथा क्यारेबियन, पश्चिमी युरोप तथा अन्य गरेर ५ सदस्यको निर्वाचन हुनेछ । परिषद् उम्मेदवारिताका लागि भारतले सधैंझैं आतंकवादविरुद्धको लडाइँमा अग्रसर रहने र राष्ट्रसंघको सुधार प्रक्रियामा प्रतिबद्ध हुनेसहितका एसिया प्यासिफिक क्षेत्रीय एकताको एजेन्डालाई अघि सारेको थियो ।
आगामी असार ३ मा हुने मतदानमा भारतले जित्ने सुनिश्चित भए पनि के–कति मतले उसले विजय हासिल गर्नेछ भन्नेमा भारतको अन्तर्राष्ट्रिय छवि निर्धारण हुने कूटनीतिक जानकारले बताएका छन् । नेपाल यसअघि, सन् १९६९–७० र १९८८–८९ को दुई चरणमा सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भइसकेको छ । राष्ट्रसंघीय मानवअधिकार परिषदमा पनि हाल नेपाल सदस्य छ । अबको चरणमा सन् २०२१ जनवरी १ देखि सुरक्षा परिषद्को अस्थायी सदस्यको २ वर्षे कार्यकाल सुरु हुनेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)