हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

रोनाल्डोलाई विश्वकप नखेलाएका प्रशिक्षक सान्तोष बर्खास्त

कतारमा जारी फिफा विश्वकपमा फुटबल स्टार रोनाल्डोलाई बेन्चमा राखेपछि विवादित बनेका प्रशिक्षक फर्नान्डो सान्तोष बर्खास्तीमा परेका छन् । उनलाई पोर्चुगिज फुटबल संघले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षकबाट बर्खास्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Advertisement

विश्वकपमा पोर्चुगल क्वाटरफाइनलबाट बाहिरिएसँगै सान्तोष बर्खास्त भएका हुन्। उनी सन् २०१४ मा उनी पोर्चुगलको प्रशिक्षक नियुक्त भएका थिए। उनकै प्रशिक्षणमा पोर्चुगलले सन् २०१६ मा युरो कप जितेको थियो। तर कतारमा जारी विश्वकपमा उनले रोनाल्डोलाई नखेलाई बेन्चमा राखेका थिए । सान्तोषले प्रिक्वाटरफाइनल र क्वाटरफाइनलमा रोनाल्डोलाई सुरुवाती–११ मा समावेश गरेका थिएनन्।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)