हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

लघुकथा : फुईयाको फुरफुर – ३०

लघुकथा : फुईयाको फुरफुर – ३०

Advertisement

विवाहको इच्छा कसलाई पो हुँदैन र? भगवान एबम् शास्त्रमा समेत विवाहले महत्वपूर्ण स्थान देखि घटनाको विवरण प्रस्तुत गरेका छन। विवाहको लागि अब के गर्ने भनेर उसले विचार गर्यो अनि आफूलाई मनपर्ने केटीको फेसबुक प्रोफाइल हेर्यो। केटीलाई मासु मन पर्ने रहेछ। उ त्यति मासु नखाने, केटीकै लागि भएनी अब मासु खानै पर्ने विचार गर्यो। हुन त नेपालीलाई दाल भात बाहेक चिनाउने खाना नै मासु हो। दशैं शब्दले अर्थ पनि मासु कै दिन्छ। दशैँमा मासु नखाने त जुठो परेकाले मात्र हो भन्ने हाम्रो सामाजिक मनोविज्ञान नै छ। उसले बोल्यो, मेरो प्रेम सफल भएको दिन म कुखुरा काटिदिन्छु, खसी अलिक महंगो छ। उसले काटेको कुखुराको मासु खान धेरैले पर्खिए। उसको नाम बन्यो, “कुखुरा काट्ने ज्वाइँ”। उसले बोल्यो, विवाह अगाडिको दिन हुने वाला ससुरालीले कुखुरा तपाईँ नै कातिदिनु ज्वाइँ भन्दा कलाको प्रस्फुटन गोला की हास्य गुन्जिएला। उसको कुखुरा काटेर मासु खुवाएर ज्वाइँ हुने सपना फुईयाको फुरफुर ।

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)