हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

लघुकथा : फुईयाको फुरफुर – ३१

लघुकथा : फुईयाको फुरफुर – ३१

Advertisement

जमाना प्रेमको छ। सबै तिर प्रेमील जोडी देखिन्छन् अनि प्रेम गर्नमा व्यस्त छ। हाम्रो सनातनी शास्त्रले पनि प्रेम भन्दछ। प्रेमी संग भगवान पनि हार्दछन् भन्ने किंवदन्ती छ। उसले विचार गर्यो, अब म पनि प्रेम गर्छु। प्रसङ्ग प्रेम बाट सुरु त भयो, तर बिछोड भए, प्रेममा धोखा भए, अनि प्रेम सम्बन्ध टुटे के गर्ने त? उसको हावा मस्तिष्कले तुफानी उपाय सोच्यो, प्रेममा धोका पाएर मुटु दुःखे खसीको खुट्टाको सुप खाने। खसीको खुट्टाको सुप नेपाल भरी प्रसिद्ध छ। प्रेममा मुटु दुखे खसीको खुट्टाको सुप। उसले विचार गर्यो, यस्तो पाराले त घर बसेरै डाक्टर भइनेरहेछ। खसीको खुट्टाको सुपले दुखेको मस्तिष्क एबम् मुटु त सम्हाल्ला, तर के जिन्दगी पुन पुरानै बाटोमा आउँछ त? उसले यस विषयमा घोर चिन्तन मनन गर्यो। अनि निष्कर्ष निकाल्यो, जिन्दगी पुरानै सुरुमा चलाउन खसीको खुट्टाको सुप सँग चिउरा भुजा खाने। भोलि पल्ट समाजमा हल्ला चल्यो, घर बसी बनेका मुटु रोगका डाक्टरको सल्लाहले खसीको मासु व्यापारी धानी, खसीको खुट्टाको बेचेर। फुईयाको फुरफुर ।

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)