हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

लघुकथा : फुईयाको फुरफुर – ३

लघुकथा : फुईयाको फुरफुर – ३

Advertisement

उसले भाषा हेर्यो जहाँ दिवंगतको लागी वैकुण्ठ देखी स्वर्ग र नर्कको स्थान छुट्याइएको थियो। उसले भाषिक शब्दावलीको क्रम भङ्ग गर्दै भन्यो, अब हामी “कैलाश” शब्द प्रचलनमा ल्याउने । उसको यस घोषणा अनुसार, भाषिक भेषभुषाले मृत्युलाई ठट्याउलो मात्रामा व्यङ्गमा ल्याउनु थियो।
कसैले उसलाई भने, फलानो व्यक्ति बितेछन्। उसले बोल्यो, ती व्यक्ति कैलाश गए। संसारमा हरेक दिन मानिसहरू तीर्थ यात्रा गर्न कैलाश जान्छन्, कोही विरामी भएर जान्छन्, त कोही आत्महत्या गरेर, कोही उमेरले डाँडो काटेर जान्छन् त कोही अकालमै तीर्थ गर्न कैलाश जान्छन्, कोही दुर्घटनामा परेर कैलाश जान्छन् त कोही युद्धमा परेर। हरेक दिन संसारका जीवनचक्र धारी जीव, आफ्नो पालो अनुसार कैलाश जान्छन ।
उसले त्यसपछि बोल्यो, “हामी पनि कैलाश नै जान्छौ”।
फुईयाको फुरफुर

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)