हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

लघुकथा : मोहत्याग

इन्दिरा प्रसाई-

Advertisement

पिताले आवारा छोरालाई तह लगाउन नसकेपछि घरबाट निर्दयतापूर्वक निकालिदिँदै उसलाई मृत घोषित गरेका थिए । छोराकी आमाले आँखाबाट आँसु खसाल्दै आफ्ना पतिको कठोरताप्रति लक्षित गरेर भनिन्, ‘तपाईं कस्तो पिता होला आफैले जन्माएको सन्तानलाई पनि आफैँले मृत तुल्याउन सक्ने, तपाईँको मुटु ढुङ्गाको नै रहेछ ।’

Advertisement

‘तिमीले उसकी मात्र आमा भएर उसलाई मात्र माया गरेकी हुनाले तिम्रो माया कानो भएको छ तर मैले आफूले नै जन्माएका अरू छोराछोरीलाई पनि माया गर्नुपर्छ । कुहेकोआलु बेलैमा बोराबाट झिकेर फाल्न सकेन भने बोराको जम्मै आलु रोगाउने कुरा तिमीलाई पनि त थाहा छ ।

म पनि तिमीले जस्तै आलुलाई माया गर्न सक्छु, तर त्यसको मोहमा डुब्न सक्तिन । तिमी र ममा मात्र त्यति फरक छ ।’ पिताले लामो खुइय काढेर भनेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)