हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

लण्डन डर्बीमा चेल्सीलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

हल्दिवारी ,२० कात्तिक । प्रिमियर लिगमा आइतबार भएको लण्डन डर्बीमा आर्सनलले चेल्सीलाई १-० ले पराजित गरेको छ । यस जितले आर्सनल शीर्ष स्थानमै फर्किएको छ ।

Advertisement

चेल्सीलाई उसैको मैदानमा पराजित गर्न आर्सनलका लागि गाब्रिएल मार्टिनेलीले दोस्रो हाफमा निर्णायक गोल गरे । उनले बुकाया साकाको पासमा ६३ औं मिनेटमा गरेको गोलले आर्सनलले ३ अंक जोडेको हो ।

Advertisement

जितपछि १३ खेलबाट ३४ अंक जोडेको आर्सनल म्यानचेष्टर सिटीलाई पछि पार्दै एक दिनपछि नै शीर्ष स्थानमा उक्लेको छ । सिटी ३२ अंकसहित दोस्रो स्थानमा छ । चेल्सी १३ खेलबाट २१ अंकसहित सातौं स्थानमा छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)