हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले लिए शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहिबार मुख्यमन्त्रीमा नियुक्त भएका केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथग्रहण गराएका हुन् ।

Advertisement

बिहिबार नै नेकपा माओवादी केन्द्रका नेता केसीलाई प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

Advertisement

उनी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४१ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

नेता केसी २०७४ सालको चुनावमा रोल्पाको निर्वाचन क्षेत्र १ को (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)