हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

लोकतन्त्र रक्षाको लागि पत्रकारहरुको महत्वपुर्ण भुमिका हुन्छ ः कांग्रेस नेता सिटौला

हल्दिबारी, २१ कार्तीक । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य झापा ३ का उम्मेद्धार कृष्ण प्रसाद सिटौलाले लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताको लागि यो निर्वाचनमा पत्रकारहरुले आफुलाई सहयोग गर्नु पर्ने बताएका छन ।

Advertisement

आज झापाको भद्रपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता सिटौलाले यस निर्वाचन पछि देशमा दिगो बिकास शान्ति हुने हुँदा सवै लोकतन्त्रवादी मिलेर सयौंको बलिदानबाट प्राप्त गणतन्त्रलाई रक्षा गर्न लाग्नु पर्ने बताएका छन । पत्रकारहरुले सोधेको प्रस्नको जवाफ दिदै उनले यस क्षेत्रमा लोकतन्त्रबादी र राजाबादीको बिच चुनाव हुने हुँदा विश्वको ध्यान समेत यहाँ रहेको र आफुलाई गणतन्त्र र लोकतन्तको हिमाइती भन्ने एमालेले राज संस्थाको वकालत गर्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई बोकेर हिडेको प्रति दुःख समेत ब्यक्त गरेका छन ।

Advertisement

पत्रकारहरुको जवाफ दिदै उनले संघिय, लोकतान्त्रीक गणतन्त्रको संस्थाका बिकास ५ बर्षमा गर्न सकेनौ संविधानले जे जति अधिकार सबै क्षेत्रको जनतालाई दिएको छ त्यो अनुसार सरकारले काम गर्न नसकेको उनले बताएका छन । जनताले अपेक्षा गरे अनुसार शिक्षा, स्वास्थ्य ऐन आउन नसक्नु किसान, श्रमिकहरुको लागि विशेष ऐन आउन नसक्नु सरकारको कमजोरी रहेको उनको भनाई थियो ।

शान्ति प्रक्रिया, संविधान निर्माण, २०४६ देखिका सवै आन्दोलनमा महत्वपुर्ण भुमिका खेल्दा खेल्दै आफुले राजावादि संग चुनाव हार्नु परेको तितो सत्य समेत पत्रकार सामु ब्यक्त गरे । परिवर्तन को लडाइमा संग संगै हिडेका एमालेले आफुलाई हराउन राजाबादीलाई काधमा राखेर हिडेको प्रति उनले दुःख ब्यक्त गरे । त्यसैले लोकतन्त्रमाथीको प्रहार, प्रेस स्वतन्त्रता माथिको प्रहारलाई रोक्न संचारकर्मीहरुको महत्वपुर्ण भुमिका हुने हुदा सहि सुचना विश्लेषण गरि राजाबादिहरुको मुकुण्डो जनतासामु ल्याउनु पर्ने उनको जोड थियो ।

उनले लिङ्देन प्रति इङ्गीत गर्दै भने एमालेको साथ लिएर निर्वाचित साम्सदका कारण बिकास निर्माण र राष्ट्रिय योजनाबाट शन्य भएको यो क्षेत्रको बिकासका लागि समेत आफुलाई सबै गणतन्त्रबादीहरुले मतदान गर्नेमा आफु विश्वस्त रहेको बताएका छन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)