हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

विप्लव नेतृत्वको नेकपा मेचीनगरमा नयाँ नेतृत्व, १७ सदस्यीय नगर कमिटी चयन

हल्दिवारी, ५ भदौ ।  । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेचीनगरको तेस्रो नगरसभा सम्पन्न भएको छ। हिजो भएको तेस्रो नगर सम्मेलनले सचिवमा जीवन प्रधानलाई चयन गर्दै १७ सदस्यीय नगर कमिटी सर्वसम्मत गठन गरेको नेकपा मेचीनगर इन्चार्ज सञ्जय राईले जानकारी दिए ।

Advertisement

नवनिर्वाचित कमिटीलाई खदा तथा अबिर लगाएर कार्यक्रमका अतिथिहरुले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । नगर इन्चार्ज राईले उनीहरुलाई सपथ ग्रहण गराएको थिए । सपथ ग्रहण पश्चात् नवनियुक्त सचिव जीवन श्रेष्ठले प्रतिबद्धता मन्तव्य राखेका थिए ।

Advertisement

पार्टीका जिल्ला सचिव प्रशान्त थापाको प्रमुख आतिथ्यमा जिल्लादेखि पालिकास्तरसम्मका नेताहरु सहभागी थिए । नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् जिल्ला सचिव प्रशान्त थापाले अब सबै जनता क्रान्तिका पक्षमा एक भएर अगाडि बढ्नुपर्ने र आफ्नो हक अधिकारको रक्षा गर्नुपर्ने बेला आएको बताए ।

‘हामीले विकृति, विसंगति र बेथितिका विरुद्ध घरघरबाट संघर्ष गर्नुपर्ने दिन आएको छ । यो सत्ताले युवायुवतीहरु रेमिट्यान्समा विदेशमा बेच्ने काम गरिरहेको छ भने जनताको सुरक्षाको ग्यारेन्टी गर्न सकेको छैन । त्यसैले हामी यो दलाल राज्यसत्ताको विरुद्ध धावा बोल्न तयार छौँ’ प्रमुख अतिथि थापाको उद्घोष थियो ।

अखिल क्रान्तिकारीका जिल्ला इन्चार्ज खगेन्द्र सिटौलाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता नगर इन्चार्ज सञ्जय राईले गरेका थिए भने उनले पार्टीको राजनीतिक प्रतिवेदन वाचन गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)