हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विवादमा तानिए क्रिकेटर

भारतीय क्रिकेट टिमका अलराउण्डर रवीन्द्र जडेजाको राजकोटमा एक महिला पुलिसकर्मीसँग नमिठो बहस भएको छ। विवाद बढ्दै जाँदा महिला असई सोनल गोसाइलाई अस्पताल भर्ना गर्नु परेको थियो

Advertisement

सहायक पुलिस कमिश्नर मनोहरसिंह जडेजाले यो मुद्धामा दुबै पक्षबाट उजुरी नपरेको बताएका छन्। भारतीय मिडियाका अनुसार जडेजा आफ्नो श्रीमती रिवाबासँग मास्क नलगाइकनै घुमिरहेका थिए। यस्तो परिस्थितिमा असई सोनल गोसाइले जरिवाना गर्न खोज्दा बहस भएको थियो।

Advertisement

सोनलले लाइसेन्स मागेकी थिइन्। रवीन्द्र र उनको श्रीमती सोनल दुबैले मास्क लगाएका थिएनन्। रवीन्द्रले अन्य प्रहरीलाई आफूमाथी अभद्र व्यवहार गरेको आरोप लगाएका थिए।

उनले दावी गरेका छन् कि उनले मास्क लगाएका थिए। विवादका क्रममा असइ सोनल निकै तनावमा देखिएको र उनलाई प्राइभेट अस्पतालमा भर्ना गरिएको बताइएको छ। सोनलले पनि आफूमाथि खराब व्यवहार भएको आरोप लगाएकी छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)