हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

विश्वकपको तयारीमा रंगशाला र सडक निर्माणका क्रममा कति मानिसले ज्यान गुमाएका थिए

काठमाडौं । फिफा विश्वकपको तयारीमा ठूलो संख्यामा मजदूर मारिएको विश्वकपको आयोजक देश कतारले स्वीकार गरेको छ ।

Advertisement

पहिलो पटक विश्वकपको तयारीमा ४०० देखि ५०० कामदारको मृत्यु भएको पहिलो पटक कतारका एक उच्च अधिकारीले स्वीकार गरेका छन् । कतारका शीर्ष नेता हसन अल थावादीले बेलायती पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तर्वार्तामा ठूलो संख्यामा कामदार मारिएको स्विकार गरेका हुन् ।

Advertisement

अङ्ग्रेजी पत्रिका बिजनेश स्ट्यान्डर्डमा प्रकाशित समाचारका अनुसार ति उच्च् अधिकारील्े यो संख्या करिब ४ सयदेखि ५ सयको हाराहारीमा रहेको बताएका छन् ।

मृत्यु हुनेमा विश्वकपका लागि रंगशाला, सडक, होटललगायतका पूर्वाधार निर्माणमा संलग्न मजदुरहरु रहेका छन् । यसअघि विश्वकपको तयारीका क्रममा ज्यान गुमाउनेको संख्या ३७ देखि ४० सम्म रहेको बताइएकोमा पहिलो पटक कतारले यर्थाथ स्वीकार गरेको हो ।

सन् २०१० मा विश्वकप फुटबल आयोजनाको अधिकार जितेपछि कतारले आफ्नो पूर्वाधार निर्माणका क्रममा रंगशाला, सडक, होटललगायतका पूर्वाधार निर्माणमा उनीहरुको ज्यान गएको बताइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)