हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

विश्व हिन्दू परिषद्द्वारा शुद्धीकरण यज्ञ सम्पन्न : १७ परिवारका ५० सदस्य पुनः हिन्दू धर्ममा फर्के

हल्दिबारी, ३१ भदौ । विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा शुद्धीकरण यज्ञ (घरवापसी कार्यक्रम) सम्पन्न भएको छ । परधर्म अपनाएका स्वजनहरुलाई पुनः स्वधर्ममा स्वागतका लागि अयोजित उक्त कार्यक्रममा विविध कारणले स्वधर्म (हिन्दूधर्म) छोडेर इसाईकरणको षड्यन्त्रमा फसेर धर्मान्तरित भएका हिन्दू समाजका १७ परिवारका ५० जना  पुनः स्वधर्ममा (हिन्दूधर्म) ससम्मान प्रत्यावर्तन (घरवापसी) गरेका छन । विविध पुजा, हवन एवं यज्ञ प्रज्ज्वलन गरी परधर्ममा गएकाहरुलाई शुद्धीकरण गर्दै पुनः हिन्दू धर्ममा स्वागत गरिएको हो ।

Advertisement

परिषद्द्वारा आयोजित उक्त कार्यक्रममा महन्थ रामभूषण शरण जी महाराज, परिषद्का ट्रष्टी श्री ओम प्रकाश सर्राफ, जिल्ला अध्यक्ष संतोष साह, उपाध्यक्ष अमन प्रसाद गुप्ता, सचिव बह्मदेव महतो, स्थानीय पदाधिकारी, पूर्णकालिक कार्यकर्ता एवं स्थानीयबासी समेतको उत्साहजनक उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रममा पुनः स्वधर्ममा फर्केकाहरु अत्यन्तै हर्ष व्यक्त गर्दै विहिपलाई योे व्यवस्था मिलाई दिएकोमा आभार व्यक्त गरेका थिए साथै परधर्ममा गएको प्रति पश्चाताप समेत गरेका थिए ।

विविध षडयन्त्रमा परी परधर्ममा गएका स्वजनहरुलाई पुनः स्वधर्ममा स्वागतका लागि विश्व हिन्दू परिषद् नेपाल सदैव तत्पर रहेको र आगामी समयमा समेत यस किसिमको कार्यक्रमहरुलाई निरन्तरता दिने परिषद्का जिल्ला अध्यक्ष संतोष साहले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)