हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

व्यङ्ग्य कविता : “गणतन्त्र जिउँदै छ ?”

व्यङ्ग्य कविता : “गणतन्त्र जिउँदै छ ?”

Advertisement

के आजकल त गणतन्त्र जिउँदै छ?!
बेलाबेलामा होलिवान मार्सी पिउदैछ
आजकल उ कुर्सीबाट तल झर्दैझर्दैन
त्यसैले उसको पेटमा अमृत छ मर्दैमर्दैन!

Advertisement

गणतन्त्र सपनाहरू बोकेर जङ्गल पस्यो
करिब बार वर्ष तपस्या गर्दै जङ्गलमै बस्यो
उधारा सपनाका बिजहरु नै छर्दै गाउँ पस्यो
बनाइ दिन्छु म राजधानी देशको भन्दै बस्यो!

गाउँका स्कुल मन्दिर सरकारी भवन मास्यो
बुर्जुवा शिक्षा चाहिन्न भन्दै बिरोध गर्दै बस्यो
गाउँ गाउँमा उधारा सपनाका बिज छर्दै बस्यो
झुपडीहरु महलमा परिणतगर्छु भन्दै शहर पस्यो!

गणतन्त्र तैले सदा गरिबहरुका नाउँ जपेर बसिस
सुन्नका डल्ला सारा पोकोपारेर कुम्लो नै कसिस
भ्रष्टाचारको दलदलमा फसेर चुपचापसँग बसिस
गणतन्त्र त आकलल के जिउँदै नै छसकि मरिस?!

धन्यवाद।
गणतन्त्र दिवको शुभकामना।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)