आज २०८२ साल असोज गते शनिबारको राशिफल ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा सहकर्मीहरूबाट सहयोग मिल्नेछ। स्वास्थ्यमा कमजोरीले आकस्मिक धन खर्च हुन सक्छ। अध्ययनमा समस्या आउनेछ। मांगलिक कार्यको चर्चा हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दाम्पत्य जीवनमा बाहरी व्यक्तिको हस्तक्षेपले मतभेद हुन सक्छ सचेत रहनुहोस्। जग्गा जमीनको किनबेचमा हतार नगर्नुहोस्। विद्यार्थीहरूलाई प्रतिभा देखाउने सुनौलो अवसर मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रभावशाली व्यक्तिसँग सम्पर्क बढ्नेछ। सामाजिक कार्यमा सहभागी भइएला। यात्राको नयाँ अनुभव मिल्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतियोगी परीक्षामा सफलताको लागि संघर्ष गर्नुपर्ला। विरोधीहरूबाट कामको आलोचना हुनेछ। यात्रा गर्दा सावधानी राख्नुहोस्। उल्झेका सम्बन्धहरूलाई सुल्झाउने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तहरूसँग भेटघाटले मनप्रसन्न रहनेछ। सरकारी कामकाजमा अधिकारीहरूबाट सहयोग नपाइएला। नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परिवारको खुसीको लागि आफ्नो इच्छा त्याग्नु पर्ला। मेहनतको पुरा लाभ नमिल्ला। अवसरवादीहरूले खुट्टा तान्नेछन् सावधान रहनुहोस्। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरुको कुरामा चासो नलिनुहोस् समस्या निम्तिनेछ। साथीभाईहरूसंग रमाइलो समय व्यतीत हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) युवा वर्गहरुलाई रोजगार सम्बन्धी समस्याले सताउनेछ। कार्यस्थलमा सबैलाई साथमा लिएर चल्नुहोस्। निजी सम्बन्धमा मनमुटाव रहला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरमा अतिथीको आगमनले मन प्रसन्न रहनेछ। सम्बन्धमा मधुरता आउनेछ। व्यापार व्यवसायमा ठूलो जोखिम लिनबाट बच्नुहोस्। समाजमा प्रतिष्ठित कार्यले आफ्नो वर्चस्व स्थापित गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कारोबार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। कार्यक्षेत्रमा नयाँ अवसर हात लाग्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। योग्यताको उचित मूल्यांकन हुनेछ आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धैर्यता र पराक्रमले अधिकार स्थापित गर्न सकिनेछ। भाग्यको साथ मिल्नेछ। पिताको आयस्रोतमा वृद्धि हुनेछ। धार्मिक स्थलको यात्रा हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा परोपकारका भावना जाग्नेछ। सम्पत्तिको किनबेचमा सावधान रहनुहोला। दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

राशीफल साभार: हाम्रोपात्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार