हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

शिव लामिछानेको स्वास्थ्यकर्मीहरुलाई समर्पित गीत

सम्बाददाता- भद्रपुर/ नेपालमा पछिल्लो समय कोरोना संक्रमतको संख्या बढिरहेको बेला क्वारेन्टाइन, अस्पताल, स्वस्थ्यकेन्द्रको फ्रन्ट लाइनमा चुनौतीको सामना गर्दै खटिरहेका स्वास्थ्यकर्मीको हौसला, मनोबल लाई सबै क्षेत्रबाट उत्प्रेरित गर्न जरुरी भएको छ । यसविच कोरोना संक्रमितको जीवन रक्षाको लडाई चलिरहेको समय संगितिक क्षेत्रबाट चर्चित गायक शिव लामिछानेले ‘अस्पतालको वार्डमा फुल्ने तिमी सुनाखरी..’ बोलको नयाँ नर्सगीत युट्युबमा रिलिज गरेका छन् ।
कोरोना महामारी विच स्वास्थ्य केन्द्र, अस्पतालमा खटिरहेका स्वास्थ्यकर्मीहरु लाई समर्पित उक्त नर्स गीत उनले यस्तो विषम परिस्थितिमा पनि आफ्नो परिवार, आफ्नो ज्यानको सुरक्षा केहि नहेरी फ्रन्ट लाइनमा रहेर खटिरहेकाहरु लाई हौसला प्रदान गर्न जरुरी भएको ठानेर स्वास्थ्यकर्मी तथा नर्सहरुका लागि यो गीत समपर्ण गरेको गायक लामिछाने बताउछन् । गोपाल देवानको रचना, न्ह्यु बज्राचार्यको संगीत, गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतले युट्युबमा अहिले भ्युअर्सको रफ्तार बढाउँदै गएको छ । कोरोना महामारीले नेपाल अहिले १६४२ जना संक्रमित मध्ये २२० जना निको भएका छन् ।
८ जनाको मृत्यु भैसकेको छ र कोभिड १९को संक्रमितको संख्या दिन प्रतिदिन बढी रहेको छ । महामारीबाट संसारभर सोमबार बिहान सम्ममा ६१ करोड ७० लाख ५५ हजार ६ सय २६ जना संक्रमित भएका छन् । ३७ हजार ४ सय ९६ जना संक्रमणमुक्त भएका छन् । ३ लाख ७२ हजार ९९ जनाको मृत्यु भैसकेको छ । यस्को उपचारका लागि अहिले कुनै औषधी खोप बनेको छैन् ।
लक्डाउनको पालना, संक्रमितहरुको दृढता र स्वास्थ्यकर्मीहरुको तत्परता विश्वभरी प्रशंसाको विषय बनेको छ । लामीछानेको यो गीतले नेपाल बाट विश्वभरका स्वास्थ्यकर्मीहरु लाई हौसला बनाई राख्न गीति सन्देश दिएको छ । उनको गीतले भन्छ– रुपमा होइन गुणमा खुल्छ खाँटी सुन्दरता सेवा नै हो धर्म तिम्रो सेवा नै हो कर्तब्य..

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)