हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

संसद छल्दै अध्यादेश ल्याउनु गलत : गगन थापा

नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सरकारले ल्याइएको दल विभाजन सम्बन्धी अध्यादेश गलत भएको भन्दै विरोध जनाएका छन् ।

थापाले बुधबार एक ट्विट गर्दै संसद अधिवेशन अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरे । त्यस्तै उनले हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक नभएको बताए ।

Advertisement
थापाले ट्विटरमा लेखेका छन् – ‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत! हिजो गलत,आज गलत,सधैं गलत,जसले गरेपनि गलत, हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन।समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।’

ट्विट :

Advertisement

ट्विट

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)