समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

सङ्खुवासभाको मादीमा पत्नी हत्या आरोपमा पति पक्राउ

सङ्खुवासभा — मादी नगरपालिकामा कुटपिट गरी पत्नीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा मादी नगरपालिका–३ का ४९ वर्षीय प्रेम दोर्ची शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए।

विज्ञापन (Advertisement)Advertisement

प्रहरीका अनुसार मंसिर ९ गते राति करिब १०ः३० बजे मादी नगरपालिका–४ ओखरबोटे बजारबाट घर फर्कने क्रममा ३७ वर्षीया मीना शेर्पाको हत्या भएको हो। सोही रात बाटोमै कुटपिट गरी हत्या गरी शव गाडिएको आरोप लागेको छ।

घटनापछि प्रेमले श्रीमती बाटोबाटै बेपत्ता भएको भन्दै मादी प्रहरीचौकीमा उजुरी दिएका थिए। तर अनुसन्धानका क्रममा प्रहरीले पतिमाथि शङ्का गर्दै खोजतलास तथा सोधपुछ गर्दा उनले हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ। उनलाई शनिबार दिउँसो पक्राउ गरिएको हो।

प्रहरीका अनुसार ओखरबोटे बजारबाट फर्कँदै गर्दा पति–पत्नीबीच सामान्य विवाद भएको थियो। विवाद बढ्दै जाँदा कुटपिट गरी पत्नीको हत्या गरेको बयान दोर्चीले दिएका छन्।

प्रहरीले जनाएको छ, हत्यापछि उनले सोही रात मादी नगरपालिका–३ स्थित आफ्नै अलैँचीबारीमा खाडल खनी त्रिपालमा बेरेर शव गाडेका थिए। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र अभियुक्तविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)