हल्दिबारी। न्यूज डेक्स बिराटनगर,भाद्र१७ /संसदबादी दलहरु सत्ताको फोहरी खेलमा चुर्लुम डुबेको,आफ्नो सत्ता जोगाउनका लागि खुलेआम रुपमा पार्टी विभाजन गर्ने , सांसद किनबेच गर्ने र आफनो स्वार्थका निम्ति नेपाली नागरिकको स्वाभिमान, सम्मान र भाबनालाई बिदेशीहरु संग साटासाट गरेर देश र नेपाली नागरिकलाई दाउमा लगाउने दलाल संसदीय व्यवस्थाको बिरुध्द संबिधान संशोधन सभाको माध्यम व्दारा लोकतांत्रिक समाजबाद र सनातन हिन्दूराष्ट्र नेपालको स्थापनाका लागि संघर्ष गर्न तयार हुन नेपाली नागरिक पार्टीका केन्द्रिय अध्यक्ष रामचन्द्र छेत्रीले आम नागरिक समुदायलाई अपिल गरेका छन।

नेपाली नागरिक पार्टीको दुई दिने प्रथम राष्ट्रिय भेला मोरङ जिल्लाको बिराटनगर स्थित जानकी सदनमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष छेत्रीलें आज देशमा संसदीय व्यवस्था पूर्ण रूपमा असफल भएको निष्कर्ष प्रस्तुत गरे। देशमा बिदेशी दलाल र संसदीय व्यवस्थाका मतियारहरु सनातन हिन्दूराष्ट्रको ऐतिहासिक अस्तित्वलाई नामेट गर्न धर्मान्तरणको बाटोमा बिदेशी मिशिनररीहरुको प्रबेशबाट देशमा बैदेशिक हस्तक्षेप बढेको र राष्ट्रिय स्वाधीनता र अस्तित्व खुलेआम लुटाइएको हुदा यसका बिरुध्द हिन्दुबादी शक्ति एकजुट भएर लाग्न आग्रह गरे।

नेपाली नागरिक पार्टीको प्रथम राष्ट्रिय भेलाबाट अध्यक्ष सहित ९सदस्यीय कार्यकारिणी समिति र १५१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । पार्टी को केन्द्रिय अध्यक्षमा रामचन्द्र छेत्री निर्वाचित भएका छन भने भेलाले कार्यकारिणी सदस्यमा देवेन्द्र किशोर ढुंगाना-प्रबक्ता तथा प्रकाशन बिभागश प्रमुख ,खगेन्द्र खनाल-नेपाली बुद्धिजीवी संगठन इन्चार्ज, प्रकाश नारायण चौधरी-पार्टी मोरङ जिल्ला इन्चार्ज, नारायण पौडेल (दीपक)-हिन्दु रक्षक बाहिनी इन्चार्ज,राज कुमार कोईराला-नेपाली प्राध्यापक संगठन इन्चार्ज,संजय गोईत-नेपाली छात्र संगठन इन्चार्ज, राज कुमार गिरी- पार्टी धनकुटा जिल्ला इन्चार्ज कर्ण बहादुर केसी- पार्टी दाङ जिल्ला इन्चार्जमा पदीय जिम्मेवारी बाडफांड गरेको छ ।
उक्त भेलाको उद्घाटन सत्रमा पार्टी मोरङ जिल्ला उपाध्यक्ष नन्द लाल झा, सचिव सौरभ देब , पार्टी बिराटनगर समिति सचिव राजु घिमिरे, शाध्बी मां सकुन्तला, बुद्धिजीवी खगेन्द्र खनाल , राजनीतिक ब्यक्तित्ब प्रकाश नारायण चौधरी,युबा नेता राम पोखरेल लगायतका बक्ताहरुले संसदीय व्यवस्थामा हिन्दुहरुका विरुद्ध झुट र भ्रमको आशा देखाएर राजनीति गर्नै कार्यप्रति हिन्दु धर्मलाई समाप्त पार्ने खेल स्वरुप हाम्रा धर्म, संस्कृति लाई निरंकुशताको जंजीरले बाधेर राख्ने कार्यको बिरुध्द कडा रुपमा बिद्रोह गर्नु एक मात्र बिकल्प रहेको बताए ।-कमला भट्टराई