हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सन्तोष लिम्बूलाई १ नम्बर वडा खेलकुद समितिले १५ हजार सहयोग गर्ने

हल्दिवारी गाउँपालिका वडा  नम्बर १ युवा तथा खेलकुद विकास समितिले वडा स्तरीय नक आउट फुटबल प्रतियोगिताको क्रममा घाइते भएका खेलाडी सन्तोष लिम्बुलाई १५ हजार सहयोग गर्ने भएको छ ।

Advertisement

Advertisement

वडा स्तरीय नक आउट फुटबल प्रतियोगितामा वडा नम्बर १ ए टिम उपविजेता हुदै ३५ हजार जितेको थियोे । आफ्नो टिमले जितेको पुरस्कर बाट घाइते लिम्बू लाई १५ हजार सहयोग गर्न लागेको १ नम्बर खेलकुद विकास समिति संयोजक पदम सुन्दर राईले बताउनु भएको छ ।

समितिको आज बसेको बैठकले सहयोग गर्ने निर्णय गरेको हो । घाइते लिम्बुको हाल पनि काठमाडौ स्थित ट्रमा सेन्टरमा उपचार भइ रहेकोे छ ।

वडा नम्बर ४ का खेलाडी लिम्बुको खेलको क्रममा आमासयमा चोट लागि काठमाडौ लगिएको थियोे उपविजेता रहेको १ नम्बर वडाले खेलाडीको भविस्य हेरि उपचारलाई सहयोग पुर्याउने हेतुले १५ हजार सहयोग गर्न लागिएको वडा सदस्य समेत रहेका संयोजक राईले बताउनु भएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)