हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

समाजवादी पार्टीमा नव प्रबेशीको घुइचो

कमला भट्टराई भद्रपुर। जनता समाजवादी पार्टी भद्रपुर नगर समितिको आयोजनामा शुक्रबार भद्रपुर नगरपालिका बडा नं ,१ स्थित लाहुरे चौकमा सम्पन्न एक कार्यक्रमका बीच बिभिन्न राजनीतिक दलबाट चार दर्जन भन्दा बढी कार्यकर्ता जसपामा प्रबेश गरेका छन।

Advertisement

नब प्रबेशीहरुलाई पार्टी केन्द्रीय सदस्य पृथ्बी कार्की र जिल्ला अध्यक्ष दिपेन बाला राईले संयुक्त रुपमा खादा र अबीर लगाएर स्वागत गरिएको थियो। कमजोर भ ए पार्टी नगर उपाध्यक्ष सरस्वता कन्दङवाको अध्यक्षतामा भएको उक्त कार्यक्रमा पार्टी जल्ला सचिब देवेन्द्रकिशोर ढुंगानाले प्रशिक्षणका क्रममा भनेका छन कि देशमा सरकार कमजोर भएकोले संबिधानको पालना हुन नसकेको र भ्रष्ट प्रबृतिको कारण जनतामा असुरक्षाको भाबना बिकास हुँदैछ।

Advertisement

राजनीतिक बिकल्पको रुपमा रहेको जसपाको मुलधारमा पहिचानबादी शक्तिहरु संगठित हुनुको बिकल्प छैन। त्यसै गरी पार्टी जिल्ला अध्यक्ष दिपेन बाला राईले पहिचान सहितको संघियताको बिषयमा प्रशिक्षण गर्दै जसपाको निर्माण संगै सबै जातिको भाषिक, साँस्कृति कला संस्कृति र धर्मको बिकाऊ व्दारा संघियंताको स्थायीत्ब र राष्ट्रको बिकास सम्भब रहेको बताएका छन।

उक्त कार्यक्रममा नव प्रबेशीहरुका तर्फबाट मानबहादुर लिम्बु, कर्ण राजबंशी, केशब भण्डारीले कम्युनिष्ट र कांग्रेस पार्टी सत्ताको आडमा देश र जनताको बिरुध्द लग्नेहरुलाई समयमै चिनेर पाखा लगाउनु पर्ने बिचार ब्यक्त गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)