हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सरकारमा जाँदा राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा छोडेको छैन, छोडने छैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारमा गएपनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा छोडेको छैन, छोडने छैन भनी स्पष्ट पारेका छन् ।
पटकपटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन, त्यो प्रत्युत्पादक भयो, गल्ति भयो, अब गल्ति दोहरिने छैन, राप्रपा बारे अझै भ्रम रहेको पाईन्छ। त्यसैले दोहराएर स्पष्ट पार्न चाहन्छु भनि अध्यक्ष थापाले  अात्मसमिक्षा गरेका छन् l
अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन्”कतिपयमा राप्रपाबारे अझै भ्रम रहेको पाईन्छ।त्यसैले दोहराएर स्पष्ट पार्न चाहन्छुः-पटकपटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन,त्यो प्रत्युत्पादक भयो,गल्ति भयो,अब गल्ति दोहरिने छैन-सरकारमा गएपनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा छोडेको छैन,छोडने छैन ।”
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)