राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सरकारलाई सहयोग गर्न गठबन्धनले बनायो समिति, संयोजक रामचन्द्र पौडेल

आज बालुवाटारमा बसेको गठबन्धन बैठकले समिति संयोजकमा रामचन्द्र पौडेललाई राख्ने निर्णय गरेको सञ्चार तथा सूचना मन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।गठबन्धन ५ दलबाट २र२ जना गरी १० र एक मन्त्रीसहित ११ सदस्यीय समिति बनाइएको उनले बताए।

Advertisement

कांग्रेसबाट कृष्ण सिटौला र मन्त्रीबाट ज्ञानेन्द्र कार्की सदस्य छन् भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु र नारायणकाजी श्रेष्ठ सदस्य छन्। नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सदस्य रहेको उनले जानकारी दिए।नेकपा एकीकृत समाजवादी, जसपाले एकेक जनाको नाम दिन बाँकी छ, उनले भने।

Advertisement

दुई-दुई महिनामा संयोजक परिवर्तन हुने उनले बताए।यो संयन्त्रको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने उनले बताए।उक्त समितिले राष्ट्रियसभा रिक्त सदस्य निर्वाचन, प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचनमा मिलेर जानेबारे गृहकार्य माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बताए।तत्काल यो समितिले राष्ट्रियसभा रिक्त सदस्य निर्वाचन, प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचनमा मिलेर जानेबारे गृहकार्य गर्नेछ। अनि सरकारलाई समग्र हिसाबले सहयोग गर्नेछु, उनले भने।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article