हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सर्बाधिक २२ बिधामा अवार्ड प्रदान गर्दै सम्पन्न भयो रमपम पुर्वेली म्युजिक अवार्ड

कमला भट्टराई – भद्रपुर । पुर्वेली लोक गीत संगित प्रति समर्पित मोफसलमा पहिलोपटक सर्बाधिक बिधा समेटिएको (रमपम पूर्वेली म्युजिक अवार्ड २०२० शुक्रबार सम्पन्न भएको छ ।

Advertisement

ईटहरीस्थित होटल बरण्डामा आयोजित कार्यक्रममा गायक तथा संगितकार जितेन राईलाई २५ हजार नगद राशि सहितको लाईफ टाईम अचिभमेण्ट अवार्ड र पत्रकार गोपाल दाहाललाई ५ हजार राशि सहितको रंग पत्रकारिता पुरस्कार प्रदान गरियो ।

Advertisement

कार्यक्रममा प्रमुख अतिथि ः प्रदेश १ उद्योग,पर्यटन,बन तथा बाताबरण मन्त्री जगदिशप्रसाद कुसियतले दुवै जनालाई अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा उत्कृष्ट नयाँ गायक गायिका तर्फ श्रेया राइको एक्ले बर, बर्षको उत्कृष्ट गीततर्फ केशब राइको जुनेली माया, उत्कृष्ट भोकल कोल्याब्रेसन कृष्णभक्त राइ र सुनिता थेगिमको धानैमा नाच्नु, उत्कृष्ट शब्द गौरभ दर्पणको पूर्वै रमाइलो, उत्कृष्ट प्रस्तुति (पुरुष) मा भिषण मुकारूङ राइको खोर्सानि डल्ले, उत्कृष्ट प्रस्तुति (महिला)मा सृष्टि हिङमाङको पूर्वै रमाइलो, उत्कृष्ट पूर्वेली लोक दोहोरी , जुहारी गीतमा अन्जु गौतम तथा माधव दाहालको एकसरे मायाले अवार्ड उचालेका छन । त्यस्तै उत्कृष्ट कम्पोजिसनमा रोशन वान्तवा सुच्चा राइको भोजपुर डबली, बेस्ट एरेन्जमेन्टमा रूद्र श्रेष्ठको बल पिपलको छाँया, बेस्ट पूर्वेली कमेडी गीतमा श्रीकृष्ण लुइटेलको सुनको सिक्री, बेस्ट मारूनी गीत बबिना किरातीको माथी माथी हिमाली भेगमा, उत्कृष्ट राई गीतमा उर्मिला राइको ढुड्कु ढुड्कु ढोल बजाँउदै, उत्कृष्ट लिम्बु गीत हेमु स्मृतीको चोङ्माङको हिमधाङ तक्तेओ, उत्कृष्ट तामाङ गीतमा मंगल सिङ तामाङको च्याओला, उत्कृष्ट थारु गीतमा गीता चौधरीको हामे मोरङिया थरूनी, उत्कृष्ट राजबंशी गीत पवलदीप विश्वासको झोल मका झोल, उत्कृष्ट मैथिली गीतमा अन्जु यादवको चिपक चिपक, बेस्ट सिनेमेटोग्राफी शिरकुमार साङपाङको सुम्निमा, उत्कृष्ट भिडियोमा कुशल थुलुङको सेवारो सोल्टिनि ज्यू उत्कृष्ट भिडियो सम्पादनमा हेमन तामाङको हान गुलेलीले उपाधि चुमेका छन ।

पुर्वेली मिडिया नेटवर्कका प्रबन्ध निर्देशक शुरेसचन्द्र दाहालको सभापतित्वमा सम्पन्न  कार्यक्रममा जितेन राई,गोपाल दाहाल लगायतले आफनो भनाई राखेका थिए । मन्त्री कुसियतले प्रदेश १ को कला र संस्कृतिको उत्थान र सम्र्बद्धनमा यो कार्यक्रम कोशेढुंगा साबित हुने बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)