हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

साइकलको ट्युबलाई प्रयोग गरी लागूऔषध तस्करी, झापामा युवक पक्राउ

झापा, २०८२ असार २६ । झापामा पछिल्लो समय लागूऔषध ब्राउनसुगरको अवैध कारोबार दिनहुँजसो फेला पर्न थालेको छ। यही क्रममा, आज १६७ ग्राम ब्राउनसुगरसहित एक जना कारोबारी पक्राउ परेका छन्।

Advertisement

कोशी प्रदेश प्रहरी कार्यालयअन्तर्गत सञ्चालनमा रहेको लागूऔषध दुर्व्यसन विरुद्धको महाअभियान अन्तर्गत विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त कार्यवाही गरेको हो।

Advertisement

प्रहरीका अनुसार, गएराति साढे १२ बजे भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका कनकाई नगरपालिका–१ का ३० वर्षीय पवन ऋषिदेवलाई नियन्त्रणमा लिइएको हो। झापा गाउँपालिका–४ स्थित सुकुम्बासी बस्तीमा उनलाई रोकी चेकजाँच गर्दा, साइकलको ट्युबभित्र लुकाइएको अवस्थामा १६७ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका ऋषिदेवमाथि हाल थप अनुसन्धान भइरहेको जनाइएको छ। पछिल्ला दिनमा झापालाई लागूऔषध तस्करीको नाका बनाउने प्रयास भइरहेको आशंकामा प्रहरीले निगरानी कडा बनाएको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)