अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ यू-१५ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली यू-१५ महिला टोलीलाई बिदाइ गरेको छ । एन्फा कम्प्लेक्समा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद ९राखेप० का सदस्य सचिव टंक लाल घिसिङ, एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरे ।

च्याम्पियनसिपका लागि नेपाली टोली शनिवारबंगलादेश प्रस्थान गर्ने एन्फाले जनाएको छ । साफ यू-१५ महिला च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल र भुटान गरी तीन टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् । डबल राउण्ड रोविन लिगका आधारमा खेलहरु हुनेछ । डबल राउन्ड रोबिन लिगपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले नोभेम्बर ३ मा भुटानसँग खेल्दै च्याम्पियनसिप सुरु गर्नेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगर छिन् भने सहायक प्रशिक्षकमा मंगल महर्जन, गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरी छन् ।

नेपाली यू–१५ महिला टोली :-

गोलकिपर : राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल

डिफेन्डर : सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही

मिडफिल्डर : सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन

फरवार्ड : दीपा रोकाया (कप्तान), समीक्षा मगर, वर्षा ओली, सेनु परियार

PIC=ANFA

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार