हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सुनसरीमा थारु जातिको संग्रहालय

कमला भट्राई- झापा / आदिवासी जनजाति थारु समुदायको ऐतिहासीक कला, संस्कृति, जातिय पहिचानका परम्परागत वस्तु लगायतको संरक्षण गर्दै थारु समुदायको सामाजिक अध्ययन, अनुसन्धान समेत लाई सहज बनाउन रामधुनीमा थारु संग्राहलय स्थापना गरिएको छ ।

Advertisement

रामधुनी – २ स्थित शिवनगर गाउँमा आदिबासी जनजाती संग्राहलय निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । निर्माण समितिका अध्यक्ष फागुलाल चौधरीका अनुसार लकडाउनको कारण संग्रहालय निर्माण कार्यको म्याद थप गरी असार मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । संग्रहालयमा आदिबासी थारु समुदायले ऐतिहासीक काममा प्रयोग गरेका विभिन्न सामग्रीहरु, लोप भएको सामग्री संग्रह गरीने अध्यक्ष चौधरीले बताए ।

Advertisement

संग्रहालयमा भिते चित्र, शो केशमा विभिन्न सामग्रीका साथै थारु समुदायले कृषिका लागि ऐतिहासीक कालमा उपयोग गरेको सवारी साधन बयल गाडा, परिवारीक घरमा बहुमुल्य वस्तुहरु सुरक्षीत गर्ने सन्दुक लगायत सामाजिक तथा सास्कृतीक जीवनका महत्वपूर्ण भौतिक सामग्रीहरु प्रदर्शन अध्ययन अनुसान्धानका लागि राखिने छन् । संग्रहाल लाई थारु समुदायका परम्परागत घरको रुपमा सजाउनका लागि भित्तामा थारु चित्रकलाहरु बनाइएका छन् ।

चित्रकलामा आदिवासी थारु जातीका जन्मदेखी मृत्यु सम्म सम्पन्न गरिने परम्परागत धार्मीक् सस्कार र थारु समुदायको परम्परागत दैनिक जीवन शैली झल्किने चित्रकला बनाइएको चित्रकार हरीशंकर चौधरीले बताए ।

संग्रहालय   स्थापनका लागि सरकारको तराई मधेश समृद्धी कार्यक्रमबाट ३५ लाख, रामधुनी नगरपालिकाबाट ३ लाख ५० हजार र जन सहभागिताबाट ७ लाख ७० हजार रुपया सहित कुल ४६ लाख २० हजार रुपय लगानीमा संगाहालय निर्माण भइरहेको बताइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)