हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सैनिकले गोली चलाउँदा २० जनाको मृत्यु

थाइल्यान्डको नाखोन रत्‍चासिमा सहरमा एक सैनिकले जथाभावी गोली चलाउँदा २० जनाको मृत्यु भएको जनाएको छ ।थाइल्याण्डको स्थानीय सपिङ सेन्टर नजिक शनिबार गोलीकान्डमा उक्त घटना भएको थियो ।

Advertisement

गोली चलाउन पूर्व सैनिकले आफू कार्यरत ब्यारेकबाट हतियार र गोली नियन्त्रणमा लिएको साथै आफ्‍ना कमान्डिङ अफिसरलाई गोली हानेको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले समाचार लेखेका छन् ।

Advertisement

गोलीकान्डमा त्यहाँका २१ सपिङ सेन्टरमा सिलबन्दी गरिएको बताएको छ । सो घटनाबाट घाइते भएकाहरुलाई एम्बुलेन्स मार्फत उद्दार गरिएको र घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)