हल्दिवारी , झापा । हल्दिबारीमा राप्रपाका अध्यक्ष र उपाध्यक्षनै वडा नम्बर १ र २ मत सार्वजनिक हुँदा अगाडी रहेको छ । वडा नम्बर १ र २ को ९३४५ मतको परिणाम अनुसार अध्यक्ष पदमा राप्रपाका रवीन्द्र प्रसाद लिङदेनले एमालेका डम्बर बहादुर गिरी भन्दा १२०१ मतान्तरले अग्रता लिएका छन् । लिङदेनले ३५२५ र गिरीले २३२४ मत प्राप्त गरेका छन् । त्यस्तै अध्यक्षमा काँग्रेसका तुलसी प्रसाद ओली १५८२ र माओवादीका भवानी प्रसाद दंगाल ८७५ मत ल्याएका छन् ।

उपाध्यक्ष पदमा राप्रपाकी लक्ष्मी देवी मैनाली अगाडी देखिएका छन् । मैनाली २७०३ मत प्राप्त गरेकि छ्न भने एमालेका शान्ता देवी गौतम २३११, तथा माओवादीकि टिका देवी राउत ११९२मत प्राप्त गरेकि छ्न । त्यस्तै स्वतन्त्र उम्मेद्बार लखन हेमरमको १५७७ मत प्राप्त गरेको निर्वाचन आयोग ले जनाएको छ । वडा नम्बर १ मा राप्रपाको पुरै टिम बिजयि भएको छ भने २ मा माओवादी केन्द्रको १ खुल्ला सदस्य बाहेक बिजय भएका छ्न ,भने खुल्ला सदस्यमा एमालेका बिस्णु राई बिजय भएका छ्न ।
