हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिबारीको विकासमा प्रतिवद्धतापत्र बमोजिम काम गर्ने एमालेको उम्मेदवारहरु बचनवद्ध

हल्दिबारी गाउँपालिका लागि नेकपा एमालेका उम्मेदवारहरुले पार्टीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रलाई पार्टीको निर्देशन र जनताको आवश्यकतालाई ध्यानमा राखेर पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

Advertisement

गाउँपालिका अध्यक्षका उम्मेद्बार डम्बरबहादुर गिरी र उपाध्यक्ष पदका उम्मेद्बार शान्तादेवी गौतमले आफूहरु पार्टीको सिपाही र जनताको सेवक भएकाले विकासका लागि प्रतिवद्वतापत्र अक्षरशः कार्यान्वयन गर्ने बताएका हुन् ।

Advertisement

उनीहरुले आफ्नो ५ वर्षको कार्यकालमा रचनात्मक ढंगले प्रतिवद्धता पूरा गर्ने बताए । प्रतिवद्धता पत्रमा जनताका मौलिक अधिकार र जनमुखी योजना भएकाले स्थानीय स्रोत र साधनकोअधिकतम प्रयोग गरिने बताए । आम मतदातालाई नेकपा एमालेले तयार गरेको घोषणापत्र एकपटक गम्भीरतापूर्वक अध्ययन गर्न आग्रह गरेका छन् ।

पार्टी उम्मेद्बार र निर्वाचन परिचालन कमिटीलाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेद्बार गिरीले अघिल्लो कार्यकालमा न्याय सम्पादनसँगै विकासको कामको पनि नेतृत्व गरेको र अब बाँकी रहेका कामलाई पुर्णता दिने प्रतिवद्धता ब्यक्त गरे । यस्तै उपाध्यक्ष उम्मेदवार गौतमले न्यायिक र समतामूलक समाज निर्माण गर्दै बीमा, स्वास्थ्य, शिक्षा, कृषि, पशुपंछी, पर्यटन, खेलकुद, महिला, बालबालिका लगायतका विभिन्न क्षेत्रका महत्वपूर्ण योजनाहरुलाई प्रतिवद्वता पत्रमा समेटिएको र हावादारी कुरा नभएकाले प्रतिबद्धता पत्र अनुसार काम गर्ने बताइन् ।

यहाँको मुख्य स्रोत कृषि र पर्यटन नै भएकाले दीर्घकालीन लक्ष्य प्राप्त गर्ने गरी योजना बनाएर उत्कृष्ट पालिका निर्माण गर्न जनता कै सुझाव अनुसार रणनीतिक काम गर्ने उल्लेख गरे ।

यसैबीच, नेकपा एमाले हल्दिबारीले आयोजना गरेको निर्वाचन विशेष कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी स्थायी कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज अग्नि खरेलले सबै तिक्ततालाई बिर्सेर एमाले उम्मेद्बारलाई विजयी गराउन निर्देशन दिएका छन् । आज सोमबार पार्टीको एक विशेष बैठकमा खरेलले झापाका १५ वटा पालिकामध्ये हल्दिबारीलाई राजनैतिक रूपमा महत्त्वका हेरिएकोले सूर्य ध्वजाबाहक उम्मेद्बारलाई बिजयी गराएर ब्यबस्था बिरोधीलाई ठेगान लगाउन आग्रह गरेका हुन् ।

यस्तै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज रबिन कोइरालाले युद्धस्तरमा पार्टीका सबै नेताकार्यकर्ता अग्रभागमा रहेर चुनावी प्रचारप्रसारमा लाग्न र विजयको झण्डा फहराउन आग्रह गरे । उक्त विशेष कार्यक्रममा उम्मेद्बारहरु तथा निर्वाचन परिचालन कमिटीका पदाधिकारी सदस्यहरुको उपस्थिति थियो । निर्वाचन परिचालन कमिटी संयोजक सोमनाथ पोर्तेलको अध्यक्षता रहेको कार्यक्रमको संचालन पार्टीका जिल्ला सदस्य तथा गाउँपालिका इन्चार्ज नरेश चुडालले गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)