हल्दिबारी ,झापा :१ जेठ २०७९ । हल्दिबारीमा राप्रपाको अध्यक्ष र उपाध्यक्षसहित प्यानल नै अगाडी रहेको छ ।

गाउँपालिकामा ४०१५ मत गणनाको परिणाम अनुसार अध्यक्ष पदमा राप्रपाका रवीन्द्र प्रसाद लिङदेनले एमालेका डम्बर बहादुर गिरी भन्दा ८५३ मतान्तरले अग्रता लिएका छन् ।

लिङदेनले २०४८ र गिरीले ११९५ मत ल्याएका छन् । त्यस्तै अध्यक्षमा काँग्रेसका तुलसी प्रसाद ओली ३९१ र माओवादीका भवानी प्रसाद दंगाल ११५ मत ल्याएका छन् । उपाध्यक्ष पदमा राप्रपाकी लक्ष्मी देवी मैनाली अगाडी देखिएका छन् ।
मैनाली १६७६ मत ल्याउँदै एमालेका शान्ता देवी गौतम ११९२, माओवादीका टिका देवी राउत १५८ मत ल्याएका छन् । १ नम्बर वडा अध्यक्षमा राप्रपा १६६८ मत ल्याउँदै अगाडी देखिएका छन् ।