हल्दिबारी JCI ले आफ्नो सक्रियता, अनुशासन र उत्कृष्ट कार्यसम्पादनमार्फत देशभर आफ्नो पहिचान बलियो बनाएको छ। हालै Nepal JCI द्वारा सौराहामा आयोजित LOM Leaders Academy कार्यक्रममा हल्दिबारी जेसीजले ऐतिहासिक सफलता हासिल गरेको छ।
देशभरिका १८५ शाखा सहभागी उक्त कार्यक्रममा हल्दिबारी जेसीजले दुई प्रमुख सम्मान प्राप्त गरेको छ।
पहिलो, “Sankalpa To Success Award” — जनवरी महिनामा नेपाल जेसीजले दिएको सम्पूर्ण टास्क सफलतापूर्वक पूरा गरेबापत प्रदान गरिएको सम्मान हो। यसले शाखाको प्रतिबद्धता, कार्यदक्षता र समयपालनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताइएको छ।
दोस्रो, नयाँ शाखा हुँदाहुँदै पनि नेपाल जेसीजको Due Record नभएको शाखा को रूपमा सम्मानित भएको हो। आर्थिक पारदर्शिता, नियमित प्रतिवेदन र संगठनात्मक अनुशासनमा उत्कृष्ट प्रदर्शन गर्दै यो सम्मान पाएको शाखाले गौरवको अनुभूति गरेको छ।
हल्दिबारी जेसीजले नयाँ शाखा भए पनि आर्थिक व्यवस्थापन र कार्यक्रम सञ्चालन दुवै क्षेत्रमा सशक्त उपस्थिति देखाउँदै आफ्नो गाउँपालिका तथा क्षेत्रको नाम देशभर चिनाउन सफल भएको छ।
शाखाको यो सफलता सदस्यहरूको एकता, स्पष्ट नेतृत्व दृष्टिकोण र “Local Strength, Lasting Impact” को भावनासहित निरन्तर मेहनतको प्रतिफल रहेको बताइएको छ।
हल्दिबारी जेसीजका पदाधिकारीहरूले आगामी दिनहरूमा अझ प्रभावशाली र उदाहरणीय कार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार