हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीको बागबजारमा बैदेशिक रोजगारबाट फर्किएका युवाले ६० लाखको लागतमा खोले जिमखाना !

एनवी भारद्वाज  : हल्दिवारी- असोज ३

हल्दिवारी गाउँपालीका वडा नं-३ का अनिल मेचे लगायत युवाहरुको सक्रियतामा बागबजार स्थीत लक्ष्मि मा वि को      व्यवसायीक भवानमा  ६०  लाखको लागतमा टाईगर हिल िफटनेस सेन्टर संचालनमा आएको छ ।

Advertisement

बैदेशिक रोजगारको सिलसिलामा ४ बर्ष  दुबइ बसेका अनिल मेचे र स्थानिय युवाहरुको सक्रियतामा उक्त फिटनेस सेन्टर ( जिमखाना ) सुरु भएको हो ।

Advertisement

कोरोना महामारिको बिचमै ५ महिना अगाडि नेपाल फर्किएका मेचेले  युवा देखि वृद्ध सम्मलाई लक्ष्यित गरि फिटनेस सेन्टर संचालन गरेको बताए l उनका अनुसार १ पटकमा ३० देखि ५० जनाले सुविधा लिन सक्ने छन् ।

व्यवसायीक रुपमा संचालन गरेको टाईगर हिल फिटनेस सेन्टरले १ महिना तालिम गरे बापत पुरुषलाई २ हजार महिलालाई १५ सय  त्यसतै ३ महिना तालिमको लागि ५ हजार र ४ हजार लाग्ने छ भने ६ महिनको लागि ८ हजार र ६ हजार त्यसै गरि १२ महिनाको लागि १३ हजार र १० हजार लाग्ने उक्त सेन्टरका प्रमुख संचालक अनिल मेचे बताए ।

हल्दिवारी गाउँपालिकामै पहिलो पल्ट खोलिएको जिमखानाले यहाँका युवाहरूलाई स्वास्थ्य जीवन जिउनको लागि ठुलो सहयोग पुग्ने विस्वास लिइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)