हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीको बिबाद समाधान उन्मुख ,२६ गते बोलाइयो गाउँ सभाको दोस्रो बैठक !

बिस्णुकुमारी घिमिरे – जलथल l हल्दिवारी गाउँपालिकाको सातौं गाउँ सभाको दोस्रो बैठक यहि २६ गते सोमबार १ बजेलाई आह्वान गरिएको गाउँपालिकाले जनाएको छ ।

Advertisement

असार १० गते शुरु भएको गाउँ सभामा काङ्ग्रेस – राप्रपाका स्थानीय नेता कार्यकर्ता बाट गाउँपालिका तोडफोड गरे प्रस्चात नीति तथा कार्यक्रम तथा छलफललाई समेत व्यवस्था गर्दै गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङदेन ,वडा अध्यक्ष होम प्रसाद चुडाल ,तथा राप्रपा बाट निर्वाचित वडा नम्बर ५ का अध्यक्ष सहित ४ जना वडा सदस्यहरुले गाउँ सभा बहिष्कार गरेको जनाएका थिए ।

Advertisement

उक्त गाउँ सभामा आक्रमण भएप्स्चात उपाध्यक्ष डम्बरबहादुर गिरिको अध्यक्षतामा बसेको बैठकले नीति तथा कार्यक्रम पारित गर्दै पहिलो बैठक समापन भएको घोषणा गरेको थियोे । गिरिको अध्यक्षतामा भएको निति तथा कार्यक्रमलाई २२ जनाले अनुमोदन गरेका थिए ,जुन संख्या हल्दिवारी गाउँपालिकाको निर्वाचित सदस्यहरुको दुइ-तिहार रहेको छ ।

बहिष्कार र तोडफोड को घटना ले हल्दिवारी को राजनीतिमा गुटबन्दीमा रहेको नेकपा एक ढिक्का भएर उपाध्यक्ष सहितको बहुमत टिमलाई साथ दिएको छ भने नेकपा काङ्ग्रेसको जिल्ला स्तरीय छलफलले मिलेर जाने तथा संविधान सम्बद्ध भएको गाउँ सभालाई अनुमोदन गर्ने सहमति भएको थियोे l

हल्दिवारी गाउँपालिकामा काङ्ग्रेसबाट एकजना वडा अध्यक्ष होम प्रसाद चुडाल को मात्र प्रतिनिधित्व रहेको छ ।

असार १० गते शुरु भएको गाउँ सभाको लामो समय सग शुरु नभए पछि १२ असारमा २३ जना सदस्य हरुले दोस्रो बैठक बोलाएर गाउँ पालिकालाई निकास दिन अध्यक्षलाई ज्ञा पन पत्र बुझाएकोमा कुनै जवाफ नआएको भन्दै हिजो ३ दिने अल्टिमेटम सहित निवेदन दिएकोमा आज अध्यक्षबाट २६ साउनमा दोस्रो बैठक आह्वान गरेको गाउँपालिका प्रवक्ता सागर पोर्तेलले हल्दिवारी डटकमलाई बताए ।

जनताको काम कार्वाहीलाई आपसी मतभेदबाट परसार्दै ढिलै भएपनी अध्यक्ष लिङ्गदेनले बैठकको आह्वान गरि समाधान गर्न चालेको कदमलाई सकारात्मक लिनुपर्छ । हिजो जस्तै हल्दिवारीलाई चिनाउने कुरामा सबै एक ठाउँमा उभिदै भए गरेका गल्तिलाई सच्याउनु नेतृत्वतहको प्रमुख जिम्मेवारी हुने छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)