हल्दिवारी : ५ जेठ २०७९ । हल्दिवारी गाउँपालिका – ५ को वडा अध्यक्षमा खडक लावती बिजय भएका छ्न । उनले २०७४ को चुनाव मा भोगेको हारको बदला लिदै एक सदस्य समेतलाई बिजय गराउन सफल भएका छ्न ।
२०७४ को स्थानीय तह निर्वाचनमा २१ मतले हार व्यहोरेका लावतीले यहि बैशाख ३० गते सम्पन्न निर्वाचनको मत परिणाम अनुसार ७१६ मत प्राप्त गर्दै बिजय भएका हुन ।

उनले आफ्नो प्रतिद्वन्दी राप्रपाका मदन तामाङलाई ८२ मतले जितेका हुन । २०७४ को निर्वाचनमा राप्रपाकै शेर बहादुर नेम्वाङ संग पराजय भोगेका लावती हल्दिवारी उधोग बाणिज्य संघको कार्यसमिति सदस्य समेत रहेका छ्न ।

पन्चायत कालदेखिनै राप्रपाको गढको रुपमा चिनिएको उक्त वडामा एक जना वडा सदस्य समेत काङ्ग्रेसले जित्न सफल भएको छ ।