हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारी गाउँपालिकाको सातौ गाउँ सभा आज सम्पन्न : अध्यक्ष लिङ्गदेनलाई फलामको चिउरा !

हल्दिवारी गाउँपालिकाको सातौ गाउँ सभा आज सम्पन्न भएको छ । गाउँपालिकाको सातौ गाउँ सभामा असार १० गते तोडफोड तथा बिवाद पछि ठप भएको गाउँ पालिकाको काम कार्वाही भोलि देखि शुरु हुने भएको छ।

Advertisement

पटकपटकको वार्ता र छ्लफल पछि आज सोमबार बोलाइएको गाउँ सभाको दोस्रो बैठक मा आवश्यक गाउँ सभा सदस्य उपस्थित नभएको बताउदै सूचना टास गरि अध्यक्ष रवीन्द्र प्रसाद लिङ्ग्देनले गाउँ सभा स्थगित गर्नु परेको बताउनु भएको थियोे । तर गाउँ सभा शुरु नै नगरी अध्यक्ष लिङ्गदेनले आफ्ना सदस्य सहित बाहिरिएर सभा स्थगन गरेको भन्दै उपाध्यक्ष सहितका २३ जना सभा सदस्यहरुले उपाध्यक्ष डम्बरबहादुर गिरिको अध्यक्षतामा गाउँ सभाको दोस्रो बैठक सम्पन्न गरेको वडा नम्बर १ का वडा अध्यक्ष त्रिलोचन सापकोटाले हल्दिवारी डटकमलाई बताउनु भयो ।

Advertisement

सातौ गाउँ सभाको दोस्रो बैठकले निम्न महत्त्वपूर्ण निर्णय गर्दै गाउँ सभा सप्पन्न भएको प्रवक्ता सागर पोर्तेलले बताए । के के गरे महत्त्वपूर्ण निर्णयहरु:

१. भोलि देखि सबै रोकिएको काम कार्वाही सबै वडा कार्यलय तथा संबंधित निकायले शुरु गर्ने । २. गाउँ सभाको निर्णय तथा प्रमाणीकरण उपाध्यक्ष ले गर्न अनुमोदन । ३. गाउँ सभाले ३४ वटा नियम , विनियम ,स्थानीय कानुन समेत पारित गरेको छ। उपाध्यक्ष डम्बरबहादुर गिरिको अध्यक्षतामा बसेको आजको दोस्रो गाउँ सभाको बहुमत सदस्य हरुको बैठकले जनताका काम कार्वाही लाई सजिलो गरेर स्थानीय सरकारको प्रतिभुती हुने काम गरेको छ ।

सातौ गाउँ सभा सम्पन्न र अध्यक्षबाट स्थगन को सूचना ले अब कानुनी रुपैयाँ नया मोड देखिने अबस्य छ। आजको गाउँ सभा सम्पन्न गरेको निर्णयले अध्यक्ष रवीन्द्र प्रसाद लिङ्ग्देनलाई कानुनी सङ्कट देखिन्छ । अध्यक्षले कि त अदालत जानुपर्ने हुन्छ या त उपाध्यक्ष गिरिको टिमले गरेको निर्णय मानेर आगामी बडनुपर्ने हुन्छ ।

यी दुबै निर्णय अध्यक्षको लागि फलामको चिउरा चपाउनु सरह हुनेछ । यी माथी गरिएका निर्णय बदर गर्न समेत अध्यक्ष लिङ्गदेनलाई उपाध्यक्ष गिरिले चेतावनी समेत दिएका छ्न । उनले कानुनमा टेकेर गरिएको गाउँ सभाको निर्णय बदर गरेर देखाउन भनेका छ्न । जनतालाई अनिर्णयको बन्दी बनाउन अध्यक्षले खोजेको र आफुहरुले निकास निकालेको समेत जिकिर गरेका छ्न ।

को को थिए सम्पन्न सातौ गाउँ सभामा – उपाध्यक्ष डम्बरबहादुर गिरि – वडा १ अध्यक्ष त्रिलोचन सापकोटा सहित ५ सदस्य हरु – वडा २ अध्यक्ष राजेन्द्र योङ्हाङ सहित ५ सदस्य हरु – वडा ३ अध्यक्ष रोषन शिवाकोटी सहित ५ सदस्य हरु – वडा ४ अध्यक्ष होम प्रसाद चुडाल सहित ५ सदस्य हरु – प्रवक्ता सागर पोर्तेल तथा कार्यपालिका दलित सदस्य सहिद २९ जनामा २३ जनाको बहुमत ले आज गाउँ सभा सम्पन्न गरेको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)