हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारी १ मा फोहोर व्यवस्थापनको लागि डस्बिन बितरण शुरु

रेखा न्यौपाने – गोलधाप । हल्दिवारी गाउँपालिका वडा नम्बर एकले आज शैक्षिक सामाग्री ,खेल सामाग्री तथा फोहोर व्यवस्थापन गर्नको लागि प्लास्टिकका डस्बिनहरु बितरण शुरु गरेको वडा अध्यक्ष त्रिलोचन सापकोटाले बताउनु भएको छ।

Advertisement

Advertisement

अध्यक्ष सापकोटाका अनुसार फोहोर व्यवस्थापन गर्न बजार क्षेत्रमा १७ थान ,विद्यालयहरुमा ११ थान तथा मठ मन्दिरहरुमा ११ थान गरि ३९ थान प्लास्टिकको फोहोर राख्ने डस्बिन बितरण गरिएको हो ।

त्यस्तै वडाकै खर्चबाट त्यहाँ रहेका ४ विद्यालय तथा ७ वटा क्लबहरुलाई समेत खेलकुद सामाग्री हस्तान्तरण गरिएको युवा तथा खेलकुद परिसद वडा संयोजक पदम शुन्दर राईले बताउनु भयो ।

वडाकै बाल कक्षामा अध्यन गर्ने साना नानिहरुको लागि समेत शैक्षिक सामाग्री विद्यालयहरुलाई हस्तान्तरण गरेको बताईएको छ ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)