समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

हल्दीबारीका प्रयुष पौडेल राष्ट्रिय वक्तृत्व प्रतियोगितामा द्वितीय

हल्दीबारी । जेसीआई हल्दीबारीका महासचिव प्रयुष पौडेलले हालै सम्पन्न राष्ट्रिय वक्तृत्व कला प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका छन्।

जनकपुर जेसीसीको आतिथ्यतामा सम्पन्न नेपाल जेसिसको ५२औँ राष्ट्रिय महाधिवेशनमा, १८४ वटा शाखाबाट प्रतिस्पर्धा हुने कार्यक्रममा पौडेलले उत्कृष्ट प्रस्तुति दिँदै द्वितीय स्थान हासिल गरेका हुन्।

विज्ञापन (Advertisement)Advertisement

हल्दीबारी जेसिस स्थापना भएको पहिलो वर्षमै राष्ट्रिय स्तरमा यो सफलता प्राप्त गर्नु हल्दीबारीवासीका लागि गर्वको विषय भएको जेसीआई हल्दीबारीकी अध्यक्ष युनिता दवाडीले बताइन।

यस अवसरमा हल्दीबारी डटकम परिवार जेसीआई हल्दीबारीका महासचिव पौडेललाई बधाई एवं शुभकामना व्यक्त गर्दछ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)