समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

हल्दीबारीमा अपाङ्गता कार्यक्रमको अवलोकन, बंगलादेशी टोलीको छलफल–निरीक्षण

हल्दीबारी झापा। हल्दीबारी गाउँपालिकामा सञ्चालन भइरहेका अपाङ्गता सम्बन्धी कार्यक्रमहरूको अवलोकन तथा अध्ययन गर्न बंगलादेशको फ्रेण्डसिप ग्रुप संस्थाका पदाधिकारीहरू मंगलबार गाउँपालिकामा पुगे। मो. मेटियर रहमानको नेतृत्वमा आएको टोलीले गाउँपालिकाले दुई वर्षदेखि सञ्चालन गरिरहेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका विभिन्न गतिविधि स्थलमा निरीक्षण गरेको हो।

गाउँपालिका, सामाजिक विकास मन्त्रालय र करूणा फाउन्डेसनको संयुक्त लगानीमा सञ्चालनमा रहेको कार्यक्रममार्फत अपाङ्गता भएका व्यक्तिको पहिचान, आधारभूत उपचार व्यवस्थापन, सहयोग सामग्री वितरणदेखि पुनःस्थापना सेवा र समुदायमा चेतनामूलक अभियान नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।

विज्ञापन (Advertisement)Advertisement

अवलोकनका क्रममा महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापाले कार्यक्रमको हालसम्मको प्रगति, उपलब्धि तथा आगामी योजनाबारे टोलीलाई विस्तृत जानकारी गराइन्। कार्यक्रममा बंगलादेशी प्रतिनिधिहरूले उठाएका जिज्ञासाको गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले जवाफ दिएका थिए।

सो अवसरमा उपाध्यक्ष लक्ष्मी देवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, जनप्रतिनिधि, कर्मचारी, करूणा फाउन्डेसनका पदाधिकारी, मिलिजुली समूहका प्रतिनिधि तथा सरोकारवालाहरू सहभागी थिए।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)