हल्दीबारी — हल्दीबारी गाउँपालिकाले विभिन्न पदका कर्मचारीहरू आवश्यक भएको जानकारी दिने सूचना प्रकाशित गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले मङ्सिर १० गते हस्ताक्षर गरी जारी गरेको सूचनाअनुसार, एक जना जनसङ्ख्या अधिकृत, एक जना कृषि स्नातक र एक जना फार्मेसी सहायकको आवश्यकता रहेको छ।
विज्ञापन (Advertisement)


सूचनामा उल्लेख गरिएको छ कि इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त बुझाउनुपर्नेछ।
