हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हामी नेकपा फुट्न दिँदैनौंः नेता पौडेल

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का नेता देवेन्द्र पौडेलले पार्टी विभाजन हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन् । संवाद क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा नेकपाका स्थायी समिति सदस्य पौडेलले पार्टीभित्र पर्याप्त मात्रामा वैचारिक बहस भए पनि पार्टी विभाजन नहुने दाबी गरे।

Advertisement

नेता पौडेलले नेकपा कुनै हालतमा नफुट्ने दाबी गर्दै पार्टीलाई जनताले दिएको विश्वास गुमाउन दिन नहुने बताए । युवा पुस्ताले पार्टीलाई अझ बलियो बनाउन लागिपरेको उनको भनाइ छ ।

Advertisement

उनले भने, ‘म लगायत धेरै नेता कार्यकर्ता यो पार्टी एक ढिक्का बनाउन लागेका छौं । दुई अध्यक्ष केपी र प्रचण्ड पनि पार्टीलाई मजबुत बनाउन छलफलमा निरन्तर लागि पर्नुभएको छ ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)