समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

होलीफिल्ड अंग्रेजी स्कुलको ११औँ वार्षिक उत्सव सम्पन्न

झापा । झापाको कचनकवल गाउँपालिका–७ मा रहेको होलीफिल्ड अंग्रेजी स्कुलले आफ्नो ११औँ वार्षिक उत्सव तथा क्रिसमस शुभकामना आदान–प्रदान कार्यक्रम मंगलबार सम्पन्न गरेको छ।


विद्यालयका अध्यक्ष शुक्रराज लिम्बुको अध्यक्षतामा तथा नेसनल प्याब्सनका केन्द्रीय सचिव सन्दिप राईको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो।

विज्ञापन (Advertisement)Advertisement


कार्यक्रममा प्रमुख अतिथि राईले झापाको दक्षिणी भेगका अति विपन्न परिवारका विद्यार्थीहरूलाई संस्कारयुक्त शिक्षा प्रदान गर्न विद्यालयले खेलेको भूमिकाको प्रशंसा गरे। निजी क्षेत्रबाट शिक्षामा गरिएको लगानीलाई सबैले आफ्नै ठानेर संरक्षण गर्नुपर्ने उल्लेख गर्दै उनले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमार्फत पनि अगाडि बढाउन विद्यालयलाई आग्रह गरे। विद्यालयलाई सुदृढ बनाउन शिक्षक, अभिभावक, विद्यार्थी र व्यवस्थापन समितिको साझा भूमिका अपरिहार्य हुने उनको भनाइ थियो।


कार्यक्रमका अध्यक्ष तथा विद्यालयका अध्यक्ष लिम्बुले विद्यालयले विद्यार्थीलाई आफ्नै परिवारका सदस्यझैँ माया र संस्कारयुक्त शिक्षा दिँदै आएको बताए। अभिभावकको माया, साथ र सहयोगकै कारण हाल विद्यालयमा कक्षा ८ सम्म ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जानकारी उनले दिए।


११औँ वार्षिक उत्सवको अवसरमा विद्यालयलाई सहयोग पुर्‍याउने २५ जना अभिभावकलाई सम्मानपत्रसहित प्रमुख अतिथि राईलगायतले सम्मान गरेका थिए।


कार्यक्रममा लक्ष्मी क्याम्पसका प्रमुख मोतिलाल राजवंशी, कचनकवल नेसनल प्याब्सनका अध्यक्ष दिलनाथ राजवंशी, मोती माध्यमिक विद्यालयका प्रधानाध्यापक छविलाल बस्नेत, स्थानीय समाजसेवी चेतनाथ भट्टराई, पदम श्रेष्ठ तथा पास्टर गङ्गा आले मगरले मन्तव्य राख्दै विद्यालयको प्रशंसा गरे र क्रिसमस तथा वार्षिक उत्सवको शुभकामना व्यक्त गरे।


विद्यालयका डाइरेक्टर दिपेन लिम्बुले स्वागत मन्तव्य दिँदै शिक्षा, स्वास्थ्य र संस्कारलाई मूल मन्त्रका रूपमा लिएर विद्यालयले संस्कारमुखी शिक्षा प्रदान गर्दै आएको बताए। दुर्गम क्षेत्रमा रहेर पनि सबैको सहयोगका कारण विद्यालय निरन्तर प्रगतिमा अघि बढिरहेकोप्रति उनले खुसी व्यक्त गरे।


कार्यक्रममा २५० भन्दा बढी विद्यार्थीलाई खेलकुद तथा विभिन्न क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गरेबापत प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो। साथै विभिन्न कक्षाका विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई आकर्षक बनाएका थिए।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)