हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

१७ हजार नेपाली मारेका प्रचण्डलाई एमालेले ठेगान लगाउँछः अध्यक्ष ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले चाहँदैमा एमाले नसिद्धिने बताएका छन्। भक्तपुरमा विहीबार एक कार्यक्रममा उनले कुनै एक व्यक्तिले चाहँदैमा नेकपा एमाले सिध्याउन नसक्ने बताएका हुन्।

Advertisement

उनले नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापालाई लक्षित गर्दै ‘भ्याकुम लगाएर’ एमाले सक्ने सपना नदेख्न पनि सुझाव दिए। कांग्रेस नेता थापाले भक्तपुरमा केही दिनअघि आगामी चुनावमा भक्तपुरबाट एमालेलाई ‘क्लिन स्विप’ गर्ने अभिव्यक्ति दिएका थिए। अध्यक्ष ओलीले सोही कुराको उत्तर दिँदै कांग्रेस कहाँ पुग्यो भनेर विश्लेषण गर्न पनि नेता थापालाई सल्लाह दिए।

Advertisement

अध्यक्ष ओलीले भने, ‘एकजना बाबुले भ्याकुम लिएर भक्तपुरतिर आउने र भ्याकुम क्लिनरबाट एमाले सिध्याउने कुरा गरेछन्, भ्याकुम क्लिनर ल्याएर एमाले सक्ने रे, एमाले सिध्याउने भ्याकुम क्लिनर रे, सिंगै कांग्रेस कहाँ गयोरु बिचरा भ्याकुम क्लिनरले एमाले सिध्याउने सपना देख्नेहरूलाई म अरू केही भन्न चाहन्नँ।’

उनले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाललाई कुरुक्षेत्र बनाउने सपना नदेख्न पनि चेतावनी दिए। १७ हजार नेपाली मारेका प्रचण्डलाई ठेगान लगाएरै एमालेले सरकार चलाएको र अब नेपाललाई धर्म क्षेत्र, शान्ति क्षेत्र, विकास क्षेत्र बनाउने दाबी उनले गरे।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)